• शनिबार, साउन ९ २०८३

डाक्टर केसीका माग जायज छन् : बाबुराम भट्टराई


बुधबार, असोज २१ २०७७
2K
Shares

मेलिना बराम
गोरखा ।
३ हप्तादेखि अनसनरत डा. गोविन्द केसीसंग सरकारले तत्काल वार्ता प्रकृया अघि बढाउनुपर्ने पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बताएका छन् ।

बुधबार गृह जिल्ला गोरखामा पत्रकारसंग कुराकानी गर्दै डा भट्टराईले अनसनरत केसीको जीवनरक्षाका लागि पनि वार्ता र संवादलाई अघि बढाउनुपर्ने बताएका हुन ।

स्वास्थ्यमा भएको विकृती सुधार गर्दै दुरदराजमा सहज सेवा दिने डा केसीका माग जायज रहेको बताउदै जनता समाजवादी पार्टीका नेता समेत रहेका डा भट्टराईले केसीको माागमा सरकार गम्भिर नभएको समेत आरोप लगाए ।

कोभिड १९ लाई बाहाना बनाउदै सरकारले अर्धतन्त्र चौपट बनाएको आरोप डा भट्टराईको छ । सरकारले कोरोना भाइरस ब्यवस्थापनमा र लकडाउन विना योजना गरेकाले अर्धतन्त्र ध्वस्त भएको उनको भनाई छ ।

उनले केपी ओली सरकार निरंकुशता तर्फ उन्मुख रहेको बताउदै उनले नेकपा भित्रैको गुटको विवादका कारण संघियता धरासायी बनेको बताएका छन् ।

गोरखामा पत्रकारहरु संग कुराकानी गर्दै भट्टराईले प्रतिपक्षले समेत प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको बताएका छन् ।

जिल्लाको विकास निर्माणका बारे कार्यालय प्रमुख, निर्माण ब्यवसायी लगायत सरोकारवालाहरुसंग छलफल गर्न गोरखा आएका उनले विकास निर्माणका काम प्रभावकारी रुपमा समयमै सक्ने गरी गर्न समेत निर्देशन दिएका छन् ।

उनले जिल्लाको विकास प्रकृया सन्तोषजनक रुपमा अघि बढ्न नसकेको समेत बताएका छन् । उनले विकास निर्माणका काममा राजनीतिक स्वार्थ र दवाव त्याग्नु पर्ने तर्क गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार