• शुक्रबार, असोज ९ २०८३

अमेरिकालाई शीतयुद्धको मानसिकता त्याग्न चीनको आग्रह


बुधबार, असोज २१ २०७७
830
Shares


चीनले बुधबार अमेरिकालाई शीतयुद्धको मानसिकता त्याग्न आग्रह गरेको छ।

हालै अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले जापानमा दिएको अभिव्यक्तिमा प्रतिक्रिया जनाउँदै चीनले बुधबार अमेरिकाले शीतयुद्धको मानसिकता त्याग्नु पर्ने बताएको रोयटर्सले जनाएको छ।

अमेरिकाले चीनविरुद्ध लगातार रुपमा दिँदै आएको अभिव्यक्त र लगाउँदै अएका आरोपहरु तत्काल रोक्नुपर्ने चीनको भनाइ छ।

अमेरिकी विदेशमन्त्री पोम्पिओले राजनीतिक द्वन्द्व जानाजान पैदा गर्न तथा बेइजिङलाई नराम्रो देखाउन बदमाशी गर्दै आएको चीनले आरोप लगाएको छ।

पोम्पिओले क्वाड बैठकमा सहभागी हुन मंगलबार जापानको भ्रमण गरेका थिए। त्यहाँ उनले अस्ट्रेलिया, भारत र जापानसँग मजबुत सम्बन्धको वाचा गर्दै चीनविरुद्ध एक हुन आग्रह गरेका थिए।

चीनले क्वाड समूहलाई आफूविरुद्धको समूहको रुपमा हेर्ने गरेको छ। क्वाडमा आवद्ध मूलुकहरुले बारम्बार चीनको आलोचना गर्दै आएका छन्। रोयटर्स

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार