• शनिबार, साउन ९ २०८३

मैले चुनाव जितेपछि मात्र कोरोनाको ठूलो राहत प्याकेज घोषणा गर्नेछुः ट्रम्प


बुधबार, असोज २१ २०७७
770
Shares


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ राहत प्याकेजका सम्बन्धमा डेमोक्रेटिक पार्टीसँग चुनाव अघिसम्म छलफल अन्त्य भएको घोषणा गरेका छन्।

अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ्स’ ले मुलुकको अर्थतन्त्रको अवस्था निकै नाजूक अवस्थामा रहेको विवरण सार्वजनिक गरेलगत्तै राष्ट्रपति ट्रम्पले थप आर्थिक राहत प्याकेजका बारेमा थप छलफल नगर्ने बताएका हुन्।

राष्ट्रपति ट्रम्पले ट्वीटमा अमेरिकी संसद कङ्ग्रेसकी सभामुख नान्सी पेलोसीले असल मनशायका साथ वार्ता गर्न नचाहेको आरोप लगाएका छन्।

राष्ट्रपति ट्रम्पले सिनेटमा बहुमत प्राप्त दल रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनललाई आफूले सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेकी एमी कोने ब्यारेटको संसदीय सुनुवाई तत्काल अघि बढाउन आग्रह गरेका छन्।

ट्रम्पले ट्वीटमा भनेका छन्,“मैले चुनाव अघिसम्म राहतका विषयमा वार्ता स्थगित गर्न पार्टीका सदस्यलाई भनिसकेको छु, र मैले राष्ट्रपतिको चुनाव जितेलगत्तै ठूलो राहत प्याकेज घोषणा गर्नेछु जसले मिहिनेती अमेरिकी जनता र साना व्यवसायलाई मुख्य रुपमा ध्यान दिनेछ।”

मध्यस्थता वार्ता स्थगित गरेको केही घण्टापछि अर्को ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले चुनाव अघि हरेक अमेरिकी योग्य नागरिकको खातामा एक हजार २०० डलरको राहत दिन अमेरिकी कंग्रेस समक्ष अनुरोध गरेका थिए।

तर त्यसको जवाफमा कंग्रेसकी सभामुख पेलोसीले आंशिक सम्बोधनको साटो विस्तृत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएकी थिइन्। रासस/एपी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार