नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार आएको रिपोर्ट अनुसार उनलाई संक्रमण पुष्टि भएको हो ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार नुवाकोट सभापति केसीलाई संक्रमण देखिएको हो।
केही दिनअघि उनका दाजुसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीमा संक्रमण पुष्टि भएको थियो। जिल्ला सभापति रहेका केसी पनि कन्ट्याक ट्रेसिङमा परेका थिए।
अर्जुननरसिंहसहित कांग्रेसका सात केन्द्रीय सदस्यमा संक्रमण देखिएको थियो।