• शनिबार, साउन ९ २०८३

बामदेवको रिटमाथिको सुनुवाई स्थगित


बुधबार, असोज २१ २०७७
700
Shares


काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धी सर्वोच्च अदालतमा चलिरहेको रिटमाथिको सुनुवाई स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको पूर्ण इजलासमा उपाध्यक्ष गौतमसँग सम्बन्धित रिटमाथि चलिरहेको सुनुवाई कोरोना महामारीका कारण स्थगित भएको हो ।

सर्वोच्चका न्यायाधीश र केही कर्मचारीमा संक्रमण पुष्टि भएपछि पछिल्ला ३ दिनदेखि अदालतको सेवा प्रभावित हुँदै आएको छ । यसअघि असोज १४ गते सुनुवाइ भएको गौतमको रिट हेर्दाहेर्दैमा राखेर असोज १६ गते सुनुवाई भएको थियो ।

गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य नियुक्त गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले रिट दायर गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार