• शनिबार, साउन ९ २०८३

जातीय आधारमा प्रदेशको नाम नराखिएको भन्दै बाबुरामले मागे शहीदसँग माफी


बुधबार, असोज २१ २०७७
860
Shares


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुका नाम जातीय आधारमा नराखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रदेशहरुका नाम जाती/भाषाको आधारमा राख्दा देश टुक्रिन्छ भन्नेहरुलाई भट्टराईले भारत र अमेरिकाको उदाहरण हेर्न सुझाएका छन् ।

भट्टराईले प्रदेशका नाम भूगोल र नदीका पहिचानले मात्रै किन राखिएको भन्ने प्रश्नसमेत उठाएका छन्।

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘हाम्रा प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवाद /लोकतन्त्र/संघीयता हो ?’

भट्टराई थप प्रश्न गर्छन्, ‘‘भारतमा तमिलनाडु, बंगाल, पन्जाब आदि अधिकांश जाती र भाषाको नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?’

विगतमा मगरात, तमुवान, ताम्सालिङ्, नेवाः स्वायत्त प्रदेशको पक्षपातीहरु अहिले ‘महेन्द्रपथ’मा लागेको भन्दै भट्टराईले तत्कालीन माओवादी नेताहरुप्रति व्यंग्य गरेका छन् । उनले माओवादी जनयुद्धमा राज्यपक्षबाट ज्यान गुमाउने सबैभन्दा उच्च नेता सुरेश वाग्लेलगायतसँग माफीसमेत मागेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार