गोरखा । अजिरकोट गाउँपालिकामा नेपाली काँग्रेस गोरखाको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार गाउँपालिकाका काँग्रेस सभापति रेशम गुरुङको अध्यक्षतामा भएको नयाँ कृयाशिल सदस्यता फारम वितरण तथा कार्यकर्ता भेटघाट एवं शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला सभापति हरि बहादुर घलेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवं नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तार, नेपाल महिला संघ गोरखाका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य मनकुमारी गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, गोरखा क्षेत्र नम्बर २ का काँग्रेस सभापति गोविन्द गुरुङ, सचिव मान प्रुाद धिताल, अजिरकोट ३ का वडाध्यक्ष तोयाराज गुरुङ लगायतले प्रशिक्षण मुलक मन्तब्य राखेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कोभिडबाट बच्न र बचाउन समाजमा सकरात्मक भुमिका निर्वाह गर्न समेत कार्यकर्तालाई आह्वान गरेका छन् ।
त्यस्तै मंगलबार नै नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तारले अजिरकोट गाउँपालिकाभरका विद्यालयलाई मास्क समेत वितरण गरेका छन् । उनले २ हजार मास्क सहयोग गरेको बताइएको छ ।