• शनिबार, साउन ९ २०८३

अब प्रदेश नम्बर ५ को नाम लुम्बिनी


मंगलबार, असोज २० २०७७
1.1K
Shares

आज बसेको प्रदेशसभाको बैठकले प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय गरेको छ।

प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो। प्रदेशको नामाकरण गर्न भएको मतदानमा ८७ मध्ये ८३ जनाले भोट हालेका छन्।

लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिए।

यसअघि राजधानी दाङ राख्न पक्षमा मत नदिएका कांग्रेसका १३ सांसदले पनि नाम लुम्बिनी राख्ने पक्षमा मत हालेका छन्।

आजै प्रदेशसभाले स्थायी राजधानी दाङको देउखुरी राख्ने निर्णय गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार