प्रदेश ५ को नाम र राजधानीबारेको प्रस्तावमा छलफल गर्न डाकिएको प्रदेशसभा बैठक सुरु भएको छ ।
मंगलबार दिउँसो सुरू भएको संसद बैठकमा विपक्षी दल नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले धारणा राखिरहेका छन् ।
उनीलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । पोखरेलले दाङमा राजधानी लैजानुको कारणबारे प्रदेशसभालाई जानकारी गराउनुका साथै रुपन्देही, कपिलवस्तु, नवलपरासीलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानी एवं बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्नेछन् ।
प्रदेश सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावमाथि आजै मतदान हुने कार्यसूची छ ।