• शनिबार, साउन ९ २०८३

नेकपाका २३ सय कार्यकर्ताको सामुहिक राजीनामा घोषणा


मंगलबार, असोज २० २०७७
1.2K
Shares


काठमाडौँ । प्रदेश ५ को राजधानी सार्ने प्रदेश सरकारको प्रस्तावविरुद्ध असन्तुष्टि जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का करिब २३ सय कार्यकर्ताले सामुहिक राजीनामा घोषणा गरेका छन् ।

३५ संस्थामा आवद्ध २२ सय ४९ जना पार्टी सदस्यले पार्टी छाडेको घोषणा गरेका हुन् ।विभिन्न उद्योग व्यवसायमा आबद्ध नेकपा कार्यकर्ताले बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन्।

उनीहरुले पार्टीका सांसदहरुले मतदाता र कार्यकर्तासामु चुनावमा गरेका प्रतिवद्धता बिर्सेर बुटवलबाट राजधानी दाङ सार्न लागेकाले पार्टीमा बस्नुको औचित्य नभएकाले पार्टी परित्याग गरेको घोषणा गरे ।

रुपन्देहीमा अस्थायी राजधानी राख्दा रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुले आफ्ना कार्यालय भवनहरु दिएर योगदान गरे पनि सरकार र यस क्षेत्रका सांसदहरुले त्यसलाई नजर अन्दाज गरेको गुनासो गरे ।

राजधानी सार्ने प्रस्तावका सन्दर्भमा पार्टीका नेताहरुको लाचारीपनले गर्दा आउंदो निर्वाचनमा लज्जास्पद पराजय हुने उनीहरुको तर्क छ । उनीहरुले अब सत्तारुढ नेकपामा पार्टीमा बसिररहन नैतिकता नदिएको भन्दै स्वतन्त्र रहने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका प्रदेश ५ अध्यक्ष एजाज आलम, होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपाल, रुपन्देही ब्यापार संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक नारायण घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरालगायतले बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार