• शनिबार, साउन ९ २०८३

मेयरलाई देखियो कोरोना, नगरपालिका बन्द


मंगलबार, असोज २० २०७७
930
Shares


झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो । उनको पत्नी र छोरालाई समेत संक्रमण पोजेटिभ देखिएको छ ।

ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए ।

नगरप्रमुखसहित एक वडाध्यक्षलाई पनि संक्रमण पुष्टि भएपछि दमक नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार