काठमाडौं । आज मध्याह्न बस्ने भनिएको बैठकमा प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा मत हाल्न नेपाली कांग्रेसले ह्वीप जारी गरे पनि त्यसलाई नमान्ने सो पार्टीका एक सांसदले बताएका छन् ।
कांग्रेस सांसद डिल्ली चौधरीले आफूले ह्वीप नमान्ने र दाङ राजधानी बनाउने प्रस्तावको पक्षमै भोट हाल्ने बताएका हुन् ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)देखि बर्दियासम्मको भूगोललाई दाङ नै पायक पर्ने भन्दै उनले दाङ देउखुरीको भालुवाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्ताव उपयुक्त रहेको बताए ।