• शनिबार, साउन ९ २०८३

राजधानी विवाद : काँग्रेस सांसदद्वारा प्रदेशसभामा कुर्सी तोडफोड


सोमबार, असोज १९ २०७७
1.1K
Shares


काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा काँग्रेस सांसदद्वारा कुर्सी तोडफोड गरिएको छ ।

विरोधबीच सभामुखले बैठक प्रक्रिया अगाडि बढाएपछि नेपाली कांग्रेसका वैजनाथ कलवार र ओसिउद्दिन खान तथा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेयले कुर्सी तोडफोड गरेका हुन्।

राजधानी दाङ बनाउने प्रस्ताव सरकारले प्रदेशसभामा पेश गरेपछि तनाव बढेको हो ।पहिलो बैठक अवरुद्ध भएपछि बोलाइएको दोस्रो बैठकमा थप तनाव उत्पन्न भएको हो ।

काँग्रेसको नाराबाजी र तोडफोडका बीच पनि सभामुखले बैठक अघि बढाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार