• शनिबार, साउन ९ २०८३

प्रदेश ५ को राजधानी विवाद : कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित


सोमबार, असोज १९ २०७७
870
Shares


काठमाडौँ । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावविरुद्ध प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

कांग्रेस सांसदहरुले उठेर नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीमगरले २ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रदेशको नामकरण र राजधानीका बारेमा विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले माग गरेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता वीरेन्द्र कनौडियाले सरकारले ल्याएको प्रस्तावको औचित्य पुष्टि गर्न माग गरेका थिए ।

सरकारले प्रदेश ५ को राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेशसभामा प्रस्ताव पेस गरेको छ । त्यसै प्रस्तावबारेमा सोमबार सदनमा छलफल हुने कार्यसूची रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार