काठमाडौँ । प्रदेश ५ को राजधानी र नामबारे निर्णय गर्न बसेको प्रदेशका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक सकिएको छ ।
बैठकमा सरकारकै पक्षमा मतदान गर्न नेकपाले ह्विप जारी गरेको छ।
मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको नेकपा संसदीय दलको बैठकले दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै नेकपा सांसदहरुलाई सो प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको हो।
बुटवलमा रहेको अस्थायी राजधानी सारेर दाङको भालुवाङ लग्ने निर्णय भएपछि अहिले नेपाली कांग्रेस, अन्य विपक्षी दल लगायतले बुटवलमा आन्दोलन चर्काएका छन्।
त्यसैलाई मध्यनजर गरी अहिले बुटवल र वरपरका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।