• शुक्रबार, असोज ९ २०८३

प्रदेश ५ मा राजधानी विवाद : समिति संयोजकबाट राजीनामा


सोमबार, असोज १९ २०७७
980
Shares

प्रदेश ५ को राजधानी विवादका कारण प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेश सभा संचालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएका छन्।

दाङको देउखुरी क्षेत्रमा प्रदेश ५ को स्थायी राजधानी तोक्ने प्रदेश सरकारको निर्णयपछि उनले राजीनामा दिएका हुन्। उनी नेकपाको तर्फबाट रुपन्देहीबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्।

नेकपा संसदीय दलमा राजधानी सार्ने विषयमा फरक मत राख्दै आएका श्रेष्ठले सोमबार मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

श्रेष्ठले संसदीय विधी र पद्धती विपरित जवरजस्ती प्रदेशको राजधानी सार्न खोजिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार