• शनिबार, साउन ३० २०८३

प्रदेश ५ को राजधानी बुटवल नै हुनुपर्छ : कांग्रेस नेता खाँण


सोमबार, असोज १९ २०७७
815
Shares

प्रदेश ५ को राजधानी बुटवल नै कायम गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बालकृष्ण खाँणले माग गरेका छन्।

प्रदेश सरकारको निर्णयपछि बुटवलबाट दाङमा स्थायी राजधानी सार्ने प्रस्ताव संसदमा दर्ता भएको हो।

सोमबार विज्ञप्ति जारी गर्दै नेता खाँणले प्रदेश सरकारले विज्ञको सल्लाह र सुझाव पन्छाएर षडयन्त्रपूर्वक राजधानी सार्न खोजेको आरोप पनि लगाएका छन्।

‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दुस्खद पक्ष हो,’ विज्ञप्तिमा भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार