• शुक्रबार, असोज ९ २०८३

राप्रपा अध्यक्ष थापाद्वारा डा. केसीको जीवन रक्षा गर्न आग्रह


आइतबार, असोज १८ २०७७
945
Shares

अनसनरत प्राडा गोविन्द केसीको जीवन रक्षा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आग्रह गरेका छन्।

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डा. केसीको जीवन रक्षा गर्न आग्रह गरेका हुन्।

मेडिकल शिक्षा सुधार र विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै डा. केसी अनसन बसिरहेका छन्।

१९औं अनसन जुम्लाबाट सुरु गरेको भए पनि केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन्।

आज मात्रै उनलाई सास फेर्न कठिन भएपछि अक्सिजन दिइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार