• शनिबार, साउन ९ २०८३

कांग्रेसका सात नेतालाई कोरोना पुष्टि, केन्द्रीय समिति बैठक स्थगित


आइतबार, असोज १८ २०७७
730
Shares


सातजना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक असोज २४ गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।कांग्रेसले असोज २२ गतेसम्म केन्द्रीय कार्यालय बन्द गरेको छ।

काठमाडौंमा गरिएको पिसिआर परीक्षणमा पाँच जना केन्द्रीय सदस्यलाई र उपत्यकाबाहिर गरिएको परीक्षणमा थप दुई जना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि भएको शर्माले बताए।

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, रमेश रिजाल, अजय चौरासिया, शम्भूलाल श्रेष्ठ, कल्पना चौधरी र जंगीलाल रायलाई कोरोना देखिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार