• आइतबार, असोज १८ २०८३

कोरोनाका कारण कांग्रेसको केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द


आइतबार, असोज १८ २०७७
915
Shares


कोरोना संक्रमणका कारण नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय आजदेखि पाँच दिनका लागि बन्द गरेको छ।

असोज १५ गते केन्द्रीय सदस्यलगायत दुई सय ५० जनाको स्वाब परीक्षणका लागि टेकुस्थित ल्याबमा पठाइएकोमा पाँच जना केन्द्रीय सदस्यको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो।करिब एक सय ६० जनाको रिपोर्ट अझै आउन बाँकी छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार असोज २२ गतेसम्म कार्यालय बन्द गर्ने निर्णय भएको छ।

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतमा कोरोना देखिएको हो।

कांग्रेसले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यको पिसिआर परीक्षण गराएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार