काठमाडौं । कोरोना संक्रमणका कारण आज आइतबार बस्ने भनिएको नेकपा सचिवालय बैठक अनिश्चित भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका सदस्यहरुलाई संक्रमण पुष्टि भएपछि बैठक बस्ने नबस्ने अनिश्चित भएको हो । बैठक आइतबार साँझ ४ बजेलाई बोलाइएको थियो ।
शनिबार सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले तत्काललाई सबै किसिमका भेटघाट बन्द गरिसकेका छन् ।
मन्त्रिपरिषद पुनर्गठन, विभिन्न नियुक्ति, पार्टी एकता लगायतका विषयमा निर्णय गर्न बैठक डाकिएको थियो ।