• शनिबार, साउन ३० २०८३

दाङ राजधानी बनाउने निर्णयविरूद्ध बुटवलमा प्रदर्शन


शुक्रबार, असोज १६ २०७७
950
Shares


प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ गर्ने प्रस्ताव गरेपछि बुटवलमा विरोध प्रदर्शन सुरू भएको छ।

हाल प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमै रहेको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर देउखुरीमा प्रदेशको राजधानी र नामकरण लुम्बिनी राख्ने प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको हो।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने निर्णय गरेको हो ।

नेविसंघले प्रदेश सभा अगाडि टायर बालेर विरोध जनाएको छ। अहिले पनि नेविसंघका कार्यकर्ताले बुटवलमा प्रदर्शन गरिरहेका छन्।

आन्दोलनरत समूहले गाडी तोडफोड गरेको स्थानीयले जनाएका छन्।गाडी तोडफोड भएलगत्तै प्रहरी पुगेको कारण गाडीमा धेरै ठूलो क्षति हुन नपाएको बताइएको छ।प्रदर्शन हुन थालेपछि बुटवलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार