• शनिबार, साउन ९ २०८३

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी दाङको भालुवाङ


शुक्रबार, असोज १६ २०७७
1.2K
Shares


प्रदेश ५को स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने भएको छ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी प्रदेश राख्ने निर्णय गरेको हो ।

दाङको राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्र, दाङकै गढवा गाउँपालिकाको केहि भाग र अर्घाखाँचीको शितगंगा नगरपालिकाका केहि स्थान समेत समेट्ने गरी राजधानी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएको हो।

शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साथै महासचिव विष्णु पौडेलबीच सो नाम र स्थानमा सहमति भई प्रदेश ५ को पार्टी कमिटीलाई परिपत्र समेत गरिएको थियो।

परिपत्र गरेको केही समयपछि प्रदेश मन्त्रिपरिषद्को बैठक बसेर सो निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार