• आइतबार, कार्तिक ९ २०८३

बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी


शुक्रबार, असोज १६ २०७७
865
Shares


प्रधानमन्त्री तथा सत्ताररूढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ।

सरकारले हिजो सिफारिस गरेका राजदूत तथा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भइरहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जनाकारी दिए। बिहान १० बजेदेखि छलफल भइरहेको उनले बताए।

बिहीबार बसेको मत्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको छ।

पार्टीमा सल्लाहै नगरी राजदूत सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय र स्थायी समितिका सदस्य प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट छन्।

यसैक्रममा अहिले ओली र प्रचण्डबीच छलफल भइरहेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार