• शनिबार, साउन ९ २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना देखियो


शुक्रबार, असोज १६ २०७७
800
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पसँगै उनका पत्नी लेडी मेलानिया ट्रम्पलाई पनि संक्रमण पुष्टि भएको छ ।

राष्ट्रपति ट्रम्पले यसबारे ट्वीट गर्दै आफू र मेलानियालाई कोरोनासंक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यसअघि, ट्रम्पका सहयोगी होप हिक्सलाई बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा बसेका थिए ।

चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएका होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार