अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्स्ट लेडी मेलानिया ट्रम्पसँगै क्वारेन्टिनमा बसेका छन् ।
ट्रम्पका सहयोगी होम हिक्सलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा बसेको सीएनएनले बताएका छन् ।
चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए ।
ट्रम्पले बिहिबार राती ट्वीटमा लेखे, ‘सानो छुट्टी पनि नलिइकनै होप हिक्सले निकै मिहिनेत गरेर काम गरिरहेकी थिइन् । उनलाई हालै कोरोनाको संक्रमण देखिएको छ । भयानक फर्ट लेडी र म आ–आफ्नो परीक्षणको नतिजा कुरिरहेका छौं । अहिलेको अवस्थामा हामी क्वारेन्टिन प्रक्रिया सुरु गर्छौं ’