राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि ज्ञवाली होम आइसोलेसन बसेका छन्। बीर अस्पतालले गत सोमबार ज्ञवालीमा संक्रमण पुष्टि भएको रिपोर्ट दिएको थियो।
यसपछि ज्ञवालीको परिवारका सदस्यको पनि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको हो।