• शनिबार, साउन ३० २०८३

खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस


बिहिबार, असोज १५ २०७७
730
Shares


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ।

प्रधानमन्त्री निवास बालुवटारमा बिहान जारी बैठकले उनलाई राजदूत सिफारिस गरेको हो।

त्यसैगरी मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ।

रेग्मीले बिहीबार नै मुख्य सचिवबाट राजीनामा दिएका थिए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर, साढे दुई वर्ष अर्थमन्त्री, केही दिन प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार हुँदै खतिवडा अन्ततः राजदूत सिफारिस भएका हुन्।

मुख्यसचिवबाट अवकास पाएसँगै कुनै शक्तिशाली देशको राजदूत बनाउने परम्परा अनुसार रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरिएको हो। राजदूतमा सिफारिस हुने पक्का भएपछि मात्रै उनले मुख्यसचिव पदबाट आज बिहान मात्रै राजीनामा दिएका थिए।

संसदीय सुनुवाई प्रक्रिया पूरा भएपछि खतिवडा र रेग्मीलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार