• शनिबार, साउन ३० २०८३

ओली–प्रचण्ड भेटवार्ता एकाएक स्थगित


बुधबार, असोज १४ २०७७
795
Shares


आज (बुधबार) प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ) हुने भनिएको भेटवार्ता एकाएक स्थगित भएको छ।

मन्त्रिमण्डल पुनर्गठनका विषयमा बिहीबारदेखि दैनिकजसो छलफलमा रहेका दुई अध्यक्षबीचको आज हुने भनिएको छलफल एकाएक स्थगित भएको हो।

अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले सहमतिमै बुधबारको बैठक स्थगित भएको जानकारी दिए।

मन्त्रिमण्डल पुनर्गठनका विषयमा दुवै अध्यक्षहरु आ–आफ्नो अडानमा हुँदा झण्डै एक हप्तादेखि हुँदै आएको छलफल निष्कर्षविहीन हुँदै आएको थियो।

बुधबारको छलफल नै अनिश्चित बनेपछि मन्त्रिमण्डल पुनर्गठन थप अनिश्चित बनेको छ।

नेकपा स्रोतका अनुसार अध्यक्ष प्रचण्ड सर्वोच्चले उपाध्यक्ष वामदेव गौतमको मुद्दाको टुंगो लगाएपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने पक्षमा रहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार