लमजुङ्ग । अनशनरत डा. गाेविन्द के.सीकाे मागलाई समर्थन गर्दै युथ कांग्रेस नेपाल लमजुङले मंगलबार शान्तिपूर्ण प्रदर्शन गरेकाे छ।।
”म पनि गाेविन्द के.सी” भन्दै डा. केसीकाे सत्याग्रहमा समर्थन जनाउँदै लमजुङको सिउँडीबारमा युथ कांग्रेसले माैन प्रदर्शन गरेकाे हाे ।
डा.केसीकाे माग सम्वाेधन नहुञ्जेल युथ कांग्रेस लमजुङले फरक फरक तरिकाले प्रदर्शन जारी राख्ने लमजुङ जिल्ला संयोजक बिराट न्यौपानेले बताए ।
काेराेना महामारी लाई मध्यनजर गरी स्वास्थ्यकाे सम्पूर्ण मापदण्डका साथै सामाजिक दुरी कायम गर्दै प्रदर्शन गरिएको संयोजक न्यौपानेले बताए ।
प्रदर्शनका क्रममा, ‘लमजुङ मै सबै किसिमको उपचार कहिले पाउने, रोग लाग्दा राजधानी कति धाउने ?’, दूर दराजमा मेडिकल शिक्षा खै ? डा. गोविन्द केसीको माग पूरा गर जस्ता नारा लेखिएको प्लेकार्ड सहित स्थानीय युवाहरुले सहभािता जनाएका थिए ।
कार्यक्रममा युथ काङ्ग्रेस नेपाल गण्डकी प्रदेशका संयोजक किरण गिरीले सम्बाेधन गरेका थिए ।
सम्बाेधनका क्रममा संयाेजक गिरीले १९ औं पटकसम्म अनसन बसेका डा. केसीको माग सम्पूर्ण नेपालीको हित लागि भएकाले जसले जहाँबाट जसरी सकिन्छ समर्थन गर्न समेत आव्ह्वान गरेका छन ।
