• शनिबार, साउन ९ २०८३

मन्त्रीमण्डल पुनर्गठनबारे ओली—प्रचण्डबीच आज पनि जुटेन सहमति


मंगलबार, असोज १३ २०७७
935
Shares


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको भेटमा पनि मन्त्रीमण्डल पुनर्गठनबारे सहमति जुटन सकेन।

दुई अध्यक्षबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो। ओली र प्रचण्डबीच लगातार तीन दिनदेखि यही विषयमा छलफल भइरहेको छ।

स्रोतका अनुसार अहिलेका सबै मन्त्रीहरू फेर्ने प्रचण्डको प्रस्ताव छ। प्रधानमन्त्री ओली भने केही मन्त्रीहरूमात्रै फेर्ने र थप्ने मनस्थितिमा छन्।

दुई अध्यक्षबीच कुरा नमिलेपछि मन्त्रीमण्डल पुनर्गठन पनि केही दिन पर धकेलिने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार