• आइतबार, असोज १८ २०८३

सांसद सिग्देललाई कोरोना संक्रमण


मंगलबार, असोज १३ २०७७
990
Shares


बागमती प्रदेशसभाकी सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ।

ललितपुरको विध ल्याबमा गरिएको स्वाब परीक्षणमा सिग्देलको रिपोर्ट सोमबार पोजेटिभ आएको हो। घाँटी दुखेपछि सिग्देलले स्वाब परीक्षण गरेकी थिइन्।

अहिले सिग्देलको स्वास्थ्यमा खासै समस्या नरहेकाले काठमाडौंस्थित घरमा होम आइसोलेसनमा बसेकी छन्। सिग्देल असोज ५ गते निजी सवारी साधनमा काठमाडौं आएकी थिइन्।

परिवारका अरू सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार