• शनिबार, साउन ३० २०८३

देउवाविरूद्ध बुझाए २७ केन्द्रीय सदस्यले हस्ताक्षर


सोमबार, असोज १२ २०७७
910
Shares


पार्टीका वरिष्ठ नेता र केही पदाधिकारीसहित केन्द्रीय सदस्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरूद्ध हस्ताक्षर बुझाएका छन्।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सोमबार पार्टी केन्द्रीय कार्यालय पुगेर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विरोध पत्र दर्ता गरेका हुन्।

पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भन्दै उनीहरूले हस्ताक्षर बुझाएका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंको हस्ताक्षर बुझाइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार