• शनिबार, असोज १७ २०८३

कांग्रेस सांसद श्रेष्ठलाई देखियो कोरोना


आइतबार, असोज ११ २०७७
965
Shares


नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठको आइतबार रिपोर्ट पोजेटिभ आएको हो।

हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले आफूलाई कोरोना संक्रमण देखिएको बताए।

उनले यसअघि सांसद विनोद चौधरीलाई भेटेका थिए। कोरोना देखिएका सांसद चौधरी निको भइसकेका छन्।

आफूसँग प्रत्यक्ष भेटघाट गरेकाहरूलाई आवश्यक सजगता अपनाउन पनि सांसद श्रेष्ठको आग्रह छ।उनी अहिले होम आइसोलेसनमा बसेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार