• शनिबार, साउन ३० २०८३

भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन


आइतबार, असोज ११ २०७७
830
Shares


भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ।

सिंहको आइतबार विहान ८२ वर्षको उमेरमा निधन भएको हो। उनी लामो समयदेखि विरामी रहँदै आएका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्।

सिंह भारतको सत्तारूढ दल भारतीय जनता पार्टी९भाजपा०का संस्थापक सदस्यमध्येका एक हुन्।

आफ्नो राजनीतिक जीवनमा पाँचपटक राज्यसभा र चारपटक लोक सभा सदस्यमा निर्वाचित भएका सिंहले भारतको अर्थ, विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार