गोरखा । बलत्कारीलाई कारबाही गर्न नेपाल दलित विद्यार्थी संघ गोरखाले माग गरेको छ ।
बझाङको मष्टा गाउँपालिका २ स्थित सिम मन्दिर नजिकै स्थानीय १२ वर्षीय वालिकाको बलत्कार पछि हत्या गरेर फालिएको घटनाप्रति खेद प्रकट गर्दै संघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो।
केही दिन अघि बझाङकी १२ वर्षकी सम्झना कामीको बलत्कार भएको थियो।संघले निर्मला पन्तको घटना सेलाउन नपाउँदै यस्ता दर्जनौँ घटना हुँदा पनि सरकार मुकदर्शक भएको आरोप लगाएको छ।
संघले यस्तो घटनाले नेपालको संविधान र विद्यामान कानूनी शासनकोसमेत धज्जी उँडाएको बताएको छ। मानव अधिकार विरुद्धको निकृष्ट ज्याजती हुनुको साथै मानवता विरुद्धको जघन्य अपराध भएको पनि दलित विद्यार्थी संघको ठहर छ।
संघका गोरखा अध्यक्ष रचन परियारद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सत्ता र शत्तिको आडमा यो घटना लुकाउन, दबाउन, र विषयान्तर गर्न खोजिए संघको नेतृत्वमा देशभर आन्दोलनको कार्यक्रम सन्चालन गर्ने चेतावनी पनि दिइएको छ।