प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
मंगलबार बसेको सचिवालय बैठकले १० दिनभित्र सांगठनिक एकताको प्रस्ताव पेश गर्न दुई अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको थियो।
त्यस्तै, दुई अध्यक्षहरूको भेटमा मन्त्रिपरिषद् पुनर्गठनबारे समेत छलफल हुन सक्ने बताइएको छ।
स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेकाले दुई अध्यक्षले छलफल गरेर अघि बढ्ने एक सचिवालय सदस्यले बताए।