• शनिबार, साउन ९ २०८३

हराएको नेपाल–चीनबीचको ११ नम्बर सीमास्तम्भ भेटियो


बिहिबार, असोज ८ २०७७
855
Shares


नेपाल—चीनबीचको सिमा छुट्याउने वर्षौदेखि हराएको भनिएको ११ नम्बर सीमास्तम्भ फेला परेको छ।

हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले बुधबार ११ नम्बर पिल्लर फेला पारेको हो।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले नाम्खा–६ स्थित टाकुलेमा सीमास्तम्भ फेला परेको जानकारी दिए।

हिल्सा प्रहरी चौकीबाट फेला परेको सीमास्तम्भ पुग्न सात घण्टा लागेको टोलीमा सहभागी एक सुरक्षाकर्मीले जानकारी दिए।

हराएको पिल्लर खोज्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित दुई छुट्टाछुट्टै टोली सीमा क्षेत्रमा खटाइएको थियो। टोलीमा गाउँपालिकाका प्रतिनिधि र स्थानीय पनि सहभागी थिए।

प्रारम्भिक भौगोलिक अवस्था हेर्दा भवन बनाइएका भनिएका क्षेत्र चिनियाँ क्षेत्रमै पर्ने अनुगमनका लागि गएका एक सुरक्षा अधिकारीले नागरिकखबरलाई जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार