• शुक्रबार, असोज ९ २०८३

चीनकै क्षेत्रमा भवन बनाएको हो, नेपालले थप प्रमाणीकरण गर्न सक्छः चिनियाँ दूतावास


बुधबार, असोज ७ २०७७
925
Shares

नेपाली सिमामा सिमित हुम्लाको लाप्चास्थित भूभागमा चीनले भवनहरू बनाएको भन्ने खबरको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ।

दूतावासका प्रवक्ताले मंगलबार राति पठाएको विज्ञप्तिमा चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने जनाइएको छ।

दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको दोहोर्‍याएको छ।

प्रमुख जिल्ला अधिकारी, सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले त्यो क्षेत्रमा पुगेर चिनियाँ पक्षसँग छलफल गरेको तर दुवै पक्षले आआफ्नो भूभाग भएको दाबी गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताएका थिए।

अध्यक्ष तामाङले अब ११ नम्बर पिलर खोज्ने र चिनियाँ पक्षसँग छलफल गर्ने काम राज्यको नेतृत्व तहले नै गर्नुपर्ने बताएका थिए।

मंगलबार रातीसम्म यसबारे नेपालको परराष्ट्र मन्त्रालयले केही बोलेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार