• शनिबार, साउन ९ २०८३

राप्रपाको चुनाव चिन्ह हलो, झण्डामा गाई


मंगलबार, असोज ६ २०७७
1.1K
Shares


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनाव चिह्न हलो र गाई अंकित झण्डा राखेर दल दर्ता गर्ने भएको छ ।

धुम्बराहीमा मंगलबार बसेको कार्यसम्पादन समितिको संयुक्त बैठकले चुनाव चिन्ह र झण्डाबारे निर्णय गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार दल दर्ताका लागि केहीवेरमा निर्वाचन आयोगमा जाने भएको छ ।

चुनाव चिन्हको बारेमा टुंगो लगाउन सोमबार पनि कार्यसम्पादन समितिको बैठक बसेको थियो । हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चिह्न हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार