सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बताइन् ।
सोमबार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद वैशाख मसान्तसम्म थप गरेको छ ।
यसअघि कोरोना भाइरसको महामारीका कारण जेठमा चुनाव गर्नु सम्भव नहुने भन्दै असोजमा सारिएको थियो । तर असोज २४ गते पनि कोरोना महामारीकै कारण फेरि स्थगित गरिएको हो ।