• शुक्रबार, असोज ९ २०८३

नेकपा सचिवालय बैठक सुरु


मंगलबार, असोज ६ २०७७
795
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।

सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक स्थगित भई मंगलबार दिउँसो १२ः ३० जे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो।सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार