आज मंगलबार सत्तारुढ नेकपा सचिवालय बैठक बस्दैछ । हिजो सोमबार नै बस्ने भनिएको बैठक विभिन्न कारणले अन्तिम समयमा स्थगित भएको थियो ।
सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२ः ३० बजे बस्ने गरी स्थगित भएको हो । आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ ।