गोरखा । बिभिन्न माग राख्दै युथ काँग्रेस नेपाल गोरखाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्री मार्फत युथ काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ बुदे ज्ञापन पत्र बुझाएको हो ।
जिल्ला अध्यक्ष संगमबाबु श्रेष्ठसहितको टोलीले बुझाएको ज्ञापन पत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमविविएस लगायतका कार्यक्रम तत्काल सञ्चालन गर्न माग गरिएको छ ।
त्यस्तै गेटा मडिकल कलेज, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत प्रदेश २, गण्डकी प्रदेश लगायतमा मेडिकल कलेज खोल्ने वातावरण बनाउन सरकारसंग युथ काँग्रेसले माग गरेको छ ।
त्यस्तै मास्क लगायत सामाजिक दुरीको पूर्ण पालना गराई लकडाउनको अन्त्य गराउनुपर्ने, कोभिड लगायत बिभिन्न रोगका बिरामीको स्वास्थ्य उपचारमा विशेष ध्यान दिनुपर्ने, चिकित्सा शिक्षा ऐन संशोधन गरिनुपर्ने, लगायतका ६ बुदे माग राखि ज्ञापन पत्र बुझाइएको अध्यक्ष श्रेष्ठले सिभिलखबरलाई बताए ।
हेर्नुस ज्ञापनपत्र
