आज पेरिसडााडामा बसेको नेकपाको सचिवालय बैठकमा मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि छलफल भएको छ।
बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भए पनि कुन कुन मन्त्रीलाई हटाएर क–कसलाई पठाउने भन्नेबारे नाममा भने छलफल भएन। आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता देखिएको र त्यस एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन लगायत चार एजेन्डा छलफलका लागि पेश गरिएको थियो। हालै सकिएको स्थायी कमिटी बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन गर्न सचिवालय बैठक बसेको श्रेष्ठले जानकारी दिए।
बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तिको एजेन्डा पनि छलफलका लागि पेश भएका छन्। सरकारले गर्ने नियुक्ति विषयमा आधार तय गर्न छलफल गर्न लागिएको उनले बताए। उनले आजको बैठक सोमबार १ बजे पुनः बस्ने गरी स्थगित भएको जानकारी दिए ।