• शनिबार, साउन ९ २०८३

नेकपा सचिवालय बैठक बस्दै


आइतबार, असोज ४ २०७७
875
Shares


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ।गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकका निर्णय कार्यान्वयनका सवालमा छलफल गर्न सचिवालय बोलाइएको हो ।

नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेदेखि बस्ने सचिवालय बैठकमा समसामयिक विषयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा छलफल हुने बताइएको छ।

स्थायी कमिटी बैठकले १ महिनाभित्र पार्टी एकताका काम सम्पन्न गर्ने निर्णय गरेको थियो।त्यस्तै नेकपाका विभाग र प्रतिष्ठानबारे अध्ययन गर्न सचिवालयले नै कार्यदल गठन गर्ने भनिएको छ।

मन्त्रिपरिषदको पुनर्गठनका विषयमा पनि आजको बैठकमा छलफल हुनसक्ने स्रोतले बतायो।यसअघि स्थायी कमिटी बैठकले आवश्यकताका आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद पुनर्गठन गर्दा कुन मापदण्डका आधारमा गर्ने भनेर सचिवालयमा छलफल हुने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार