गोरखा । संविधान दिबसको अवसरमा नेपाल दलित विद्यार्थी संघ गोरखाले दिपप्रज्वलन गरेको छ ।
गोरखा सदरमुकामको बसपार्कमा शनिवार साँझ दिप प्रज्वलन गरिएको दलित विद्यार्थी संघ गोरखाका अध्यक्ष रचन परियारले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सह सचिव नारायण प्रसाद लामिछानेकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठकाे विशेष आतिथ्यता रहेकाे बताइएकाे छ ।
त्यस्तै संविधान दिवसकै अबसरमा गण्डकी गाउँपालिका वडा नम्बर ७ घ्याल्चोकमा समेत दिप प्रज्वलन गरिएको छ ।
वडा अध्यक्ष तुलसी रेग्मीको अध्यक्षातामा भएकाे कार्यक्रममा स्थानीय नागरिक, बुद्धजिवि, समाजसेवी लगायतकाे सहभागिता रहेकाे वडा कर्मचारी दिपेन्द्र बिष्टले बताए ।
