• शनिबार, साउन ९ २०८३

गणतन्त्र र नयाँ संविधानले निमुखा जनताको जिवनस्तरमा के फरक पार्याे ?


शनिबार, असोज ३ २०७७
800
Shares

नबिन क्षेत्री

नेपालमा अनेकौ क्रान्तिहरु भए यसै क्रान्ति लाई सफल पार्नको निमित्त लाखौ सपुतहरुले आफ्नो ज्यानको बलिदान दियर सहिद भए । कयौ योद्दाहरु ऐले पनि घाइते, अपाङ्ग, शरीरभरि उहि क्रान्तिको घाउ बोकेर पलपल तड्पिरहेका छन ।

कयौ क्रान्तिहरु सफल भए होलान अझै कति त पुरा हुनै बाकि होलान । मैले थाहा पाए अनुसार देशमा राजतन्त्र फालेर आज गणतन्त्र ल्याउन पनि सफल भयका छौ । जनताको छोरि आज देशको सर्बोच्च पद रास्ट्रपति जस्तो उच्च ओदाहामा छन ।

जनताकै छोरा देशको उच्च तहमा प्रधानमन्त्री जस्तो गरिमामय सदनमा छन । जनताकै छोराहरु मन्त्री/सांसद भयका छन, चिल्ला चिल्ला गाडिमा सरर ओहोरदोहोर गरिरहेका छन । खै गणतन्त्र कहा आयो ? कस्को लागि आयो ? के गरिब र निमुखा जनताको आगनमा आयो ? आउन चाहि आयो रे आखिर आयो चाहि कहा ??

हो यस्तै छन हामि निमुखा जनताको लागि, आयो त हुने खाने लाई आयो, हामि आवाज बिहिन जनताको लागि कहा आउनु । बरु ठुला ठुला नेता लाई आयो, मन्त्री लाई आयो, सांसदहरूलाई आयो, कार्यकर्ताहरु लाइ आयो । यहि गणतन्त्र लाई सस्थागत गर्दै करोडौं नेपालिहरुको लागि आसा भरोसा अनि खुसिको हासो बनेर देशमा नंया संविधान आउने पक्का पक्कि भैरहेको थियो ।

बिभिन्न राजनीतिक पार्टी/रास्ट्रपति/प्रधानमन्त्री/मन्त्री/सांसद/बिभिन्न क्षेत्रको ब्यक्तित्व/लगायत करोडौं नेपालि जनताको दर्बिलो साथ सङ्गै देशमा नया संविधान जारि भएको छ । नेपालको पहिलो रास्ट्रपति रामवरण यादब द्वारा नेपालको संविधान घोषणा भएको जानकारि सांसद भवन बाट गरे ।

नबिन क्षेत्री

त्यहि खुसिमा देशै भरि दिप प्रज्वलन गरे, करोडौं नेपालीमनहरुले खुसि साटासाट गरे, देश भरिको चोक चोकमा, गल्लि गल्लिमा, गाउँ गाउँमा पनि नेपालको नया संविधानलाई भब्य रुपले स्वागत गरे । अब संविधान त आयो हामि जनताको लागि पक्कै केहि नया अबसर बनेर आउनेछ, बिकाश निर्माणका ढोकाहरु खुल्नेछन, देशमै रोजगारिका बाटोहरु सृजना हुनेछन । अब बिगतको जस्तो दिनहरु आउने छैनन भनेर हामि मख्ख पर्यौ, तर बिडम्बना ति हामिले देखियको सपना, हामि लाइ देखाइयको सपना उहि सपना मात्र भैरहेको छ ।

आखिर जनताको जिबनस्तर भने पैला जहा थियो ऐले पनि त्यहि छन । देशमा नया संविधान जारी भैसके पछि अब करोडौं नेपालिहरु लाइ त्यहि नियम कानुनले बराबर गर्छ भन्नु हाम्रो मुर्खता रहेछ! देशले नया संविधान पायो अब असमानताले भरियको खाडलहरु अबस्य पुरिनेछन भनेर आसा गर्नु बेक्कार रहेछ ।

गणतन्त्र र नया संविधानले हामि निमुखा जनतालाई के ल्यायको छर ,उहि मन्त्रीको लागि ल्यायको रहेछ/सांसदको लागि ल्यायको रहेछ/नेताकार्यकर्ताको लागि ल्यायको रहेछ । अब यि काम लाग्दैन भनेर जनताले चुनाबमा मिल्काइयका नेता लाई सांसद बनाइयको छ । आफ्ना आसेपासे भाइ भतिज /भान्जाभान्जि लाई मन्त्रीहरुकै दबाबमा रातारात जागिर मिलेको छ ।

भ्रष्ट भुमाफियाहरु, बलात्कारीहरु मन्त्री पदमै बसेर करोडौं भ्रष्टाचार गर्न लिप्त छन, आफ्नै नातेदारहरु भर्ति गर्न हतारमा छन । कसरी हुन्छ आफ्नै पेट भर्न कम्मर कसेर लागि परेका छन, गाउँ गाउँमा सिंह दरबार भन्ने नारा घन्काउदै हत्याहिंसा/लुटपाट/गुन्डागर्दी/गर्दै देशको ढुकुटी स्वाहा परिरहेका छन ।

ठुला ठुला बिकाश निर्माणका ठेक्का पट्टा भ्रष्टाचारी नेताहरुकै मिलोमतोमा आफ्नै वरपरका लाइ पारिरहेका छन । एउटै आयोजना २० औ बर्ष सम्म निर्माण गर्न सकिरहेका छैनन, त्यहि आयोजना लाइ गरि खाने भाडो बनाइ रहेका छन । बिकास निर्माणका ठुला ठुला गफ हाक्दै हुस्कि र ब्राण्डिसङ्ग लट्ठ भएर बसे पछि जनताको जिबनस्तरको बारेमा सोच्ने फुर्सद नै कहा छर यो स्वाठहरु लाइ ।

आज कयौ निर्मलाहरु दिनहुँ बलात्कार भैरहेका छन, खै ति दोषीहरु लाइ सजाय ? सरकारमै बसेर करोडौं भ्रष्टाचार गरिरहेका छन अनि खै तिनिहरु सजाय ? जता पनि लुट्न मात्र अघि सरेका छन सरकारका मतियारहरु, त्यसैले गणतन्त्र र नया संविधान आएपछि जनताले आसा गरेका कामहरु फिटिक्कै भयका छैनन ।

अब आउने दिनहरुमा यि असमानताहरु लाइ चिरेर अघि बढ्यो भने मात्र हामि निमुखा जनताले गणतन्त्र र नया संविधानको स्वाद चाख्न पाइयला । नत्र गणतन्त्र र संविधान बाट फाइदा पुग्ने भनेको तिनै भ्रष्ट दलाहरु लाइ नै हो भन्ने मेरो ठम्याइ छ । संविधानले निमुखा जनताको लागि ढलेको सिन्को भाच्न पनि सकिरहेको छैन तै पनि आज संविधान दिबसको अबसरमा करोडौं नेपालिहरुलाई शुभकामना टक्राउन चाहान्छु !

लेखक क्षेत्री गोरखा नगरपालिका-२ कोखे आहालेका स्थायी बासिन्दा हुन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार