• शनिबार, साउन ९ २०८३

‘औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ’


शुक्रबार, असोज २ २०७७
975
Shares


काठमाडौँ — औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

विपिन अधिकारीद्वारा सम्पादित ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताएका हुन्

व्यावहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने प्रधानमन्त्री ओलीले बताए ।

पाँचौं संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६ सय ४६ पृष्ठको ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक प्रधानमन्त्री निवास बालुवाटारमै विमोचन गरेका हुन् । ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार