होम आइसोलेसनमा बसेका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
बिहीबार देउवासहित पत्नी डा. आरजु देउवा, छोरा जयवीर सिंह देउवासहित सपरिवारको कोरोना परीक्षण गएिको थियो । शुक्रबार विहान उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको देउवाको निजी सचिवालयले जानकारी दिएको छ ।
बिहीबार बिहान देउवाको निजी सचिवालयका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ परेको देउवा परिवारका सदस्यको पीसीआर परीक्षण गरिएको थियो ।
हिजोबाट उनीहरु स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलेसनमा बसेका थिए।